धनकुटा ,

धनकुटाको महालक्ष्मी नगरपालिका वडा ९ स्थिति रहेको सिहंदेवि बचत तथा ऋण सहकारी संस्थाकाे १५ओै साधारणसभा सम्पन्न भएको छ ।

महालक्ष्मी नगरपालिकाकाे मेयर धुर्वराज रायको प्रमुख आतिथ्यमा सम्पन्न १५ ओै साधारणसभा बाट लिलासिंह महताराकाे अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हाे । त्यस्तै गरि उपाध्यक्षमा खेमराज  वस्ति रहेकाछन्।

साधारणसभा बाट गाेपाल काफ्लेकाे संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिवेक्षण समिति , टेकबहादुर थापाकाे संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन गरिएको छ । साधारणसभामा उत्कृष्ट बचत कर्ता नर बहादुर श्रेष्ठ , प्रेम प्रसाद काफ्ले , गाेपाल वस्ति ,उत्कृष्ट ऋणि टिकादेवी थापा , ज्येष्ठ सदस्य देव राज श्रेष्ठ , सहकारीका सेयर सदस्यहरु मध्येका छाेराछाेरि एसईई उत्कृष्ट उतिर्ण विघार्थि मनिषा कार्कीलाई दाेसल्ला प्रमाणपत्र र करुवा प्रदान गरेर सम्मान गर्नुभएको थियोे ।

साधारणसभामा सहकारीका निवर्तमान अध्यक्ष टेक बहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे भने लेखा संयोजक डम्बरबहादुर भण्डारीले आर्थिक वर्ष २०७९/ ८० काे शेयर पुजी तर्फ ३१लाख ७५ हजार २ सय ,बचत तर्फ ५२ लाख ७७ हजार ५ सय ७० बाह्य ऋण १८ लाख ७५ हजार र ऋण लगानी १ कराेड १८ लाख ७ सय २१ बाराबरकाे लेखा विवरण प्रस्तुत गरेका थिए ।

साधरणसभाकाे विशेष अतिथि महालक्ष्मी नगरपालिकाकाे उपमेयर मन्जु अधिकारी अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ,सहकारीका सेयर सदस्यहरू लगायतको  थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय