धनकुटा ,

धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाकाे उपमेयर मन्जुकुमारी कार्कीकाे प्रमुख आतिथ्यमा सुक्रबार सम्पन्न भएको हाे ।

कार्यक्रममा सहकारीका अध्यक्ष मिलन बरालले सहकारीको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियोे । सहकारीका लेखा संयोजक कृष्ण दाहालले सहकारीको आर्थिक वर्ष २०७९/८० काे १५ लाख ६२ हजार ९ सय ९६ आम्दानी र खर्च तर्फ १२ लाख ९७ हजार ३ सय ६७ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियोे । वार्षिक साधारणसभाकाे अवसरमा सहकारीले उत्कृष्ट बालबचत तर्फ नितेश कार्की ,उत्कृष्ट कर्जाबचत तर्फ ईन्द्र माया कार्की ,समुहबचत तर्फ विभिन्न ३० वटा समूह, अन्तरसमुह ५ वटा ,शेयर खरिदकर्ता तर्फ माेहाेन अधिकारी र उघाेमी तर्फ सन्तोष वानियालाइ सम्मान पत्र तथा मायाको चिनाे प्रदान गरेर सम्मान गर्नुभएको थियोे ।

साधारणसभाका प्रमुख अतिथि उपमेयर मन्जुकुमारी कार्की ,जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी ,महालक्ष्मीनगरपालिकाकाे पुर्व मेयर पर्शुराम नेपाल ,महालक्ष्मी नगरका अधिकृत खगेन्द्र नेपालले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

साधारणसभामा महालक्ष्मी वडा नं ८ का वडाअध्यक्ष राम बहादुर खड्का ,वडा नं ९ का वडाअध्यक्ष टेक बहादुर थापा , महालक्ष्मी, सहकारीका सेयरसदस्यहरु, नगरका विभिन्न सहकारी संस्था, समुहका प्रमुख तथा प्रतिनिधि लगायत सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधिकाे उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय