धनकुटा मंसिर १४,

अखिल नेपाल महिला संघ धनकुटा काे आयोजनामा  बिहिवार  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल संसार मावि धनकुटामा साइबर अपराध (क्राइम) र बाल दुर्व्यवहार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। अखिल नेपाल महिला संघ धनकुटाका अध्यक्ष तारा तितुङकाे अध्यक्षतामा भएको सचेतना कार्यक्रममा जिल्ला प्रहरीकार्यलय धनकुटाका प्रहरी नायव निरिक्षक चिरञ्जीवी खड्का , प्रहरी मनिसा गुरागाई र अमित तामाङले सहजिकरण गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा नेकपा एमाले धनकुटा नगर अध्यक्ष अर्जुन छाराहाङ गाेकुण्डेस्वर क्याम्पस चिप तथा बालसन्सार माविका प्रधानाध्यापक दिनेस अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियोे । यस्तै कार्यक्रममा अनेमा संघ धनकुटाका सदस्य दुर्गा भट्टराई , दुर्गा ढकाल ,धनकुटा महिला बचत तथा ऋणसहकारी संस्थाका व्यवस्थापक समि राई , कृषि पर्यटनमा महिलाका अध्यक्ष माेति पाख्रिनकाे उपस्थिति थियोे । कार्यक्रममा सहभागी बालसन्सार माविका विघार्थिहरुले कार्यक्रम उपयोगी र प्रभावकारी लागेको भन्दै आगामी दिनमा पनि सचेतना कार्यक्रम निरन्तर राख्न सकियो भने राम्रो हुने बताएकाछन् । कार्यक्रमकाे सञ्चालन अखिल नेपाल महिला संघ धनकुटाका सचिव सावित्रा राईले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय