बाेधगयामा बाैद्व धर्मलम्बिहरुकाे काग्यु माेन्लम छेन्माे ( महापुजा ) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पाेछे बाट भईरहेकाे छ । भारतकाे बाेधगयामा ७ दिन सम्म सञ्चालन हुने काग्यु माेन्लम छेन्माेमा नेपाल बाट ६ हजार  भन्दा बढि नेपाली  भक्तजनकाे सहभागी भएकाछन् । डिसेम्बर १५ देखि २१ सम्म सञ्चालन हुने काग्यु माेन्लम छेन्माे ( महापुजा) मा सहभागी हुन लामा ,भिक्छु, उपासाक उपासिका उल्लेखित संख्यामा सहभागीता रहेको आयाेजक कमिटी तथा याेल्माे काग्यु साङग लाछाेमका अध्यक्ष दुङजिम लाेपाेन रिम्पाेछेले जानकारी दिनुभयो । नेपाल , भारत , भुटान लगायत विभिन्न ठाउँ बाट जम्मा १५ देखि १७ हजार भक्तजनकाे सहभागी रहेको रेम्पाेछेले बताउनुभयो ।

काग्यु माेन्लम छेन्माे बाैद्व धर्म लम्बिहरुले प्रणीधान अर्थात विशेष गरेर विश्व शान्तिकाे लागि गरिन्ने  रिम्पाेछेले बताउनु भयो ।  सबैमा सकारात्मक साेचबिचार , हत्या हिंसात्मक गतिविधि ,र सुख शान्ति उत्तरतर प्रगतिको कामना गर्दै धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पाेछे बाट भईरहेकाे दुङजिन लाेपाेन रेम्पाेछेले जानकारी दिनु भयो । काग्यु माेन्लम छेन्माे ( महापुजा) सबैभन्दा पहिला गाैत्तम वुद्व जन्म स्थल लुम्बिनीबाट सुरुवात भएपनि पछिल्लो समय बुद्व गया भारतमा हुदै आइरहेको दुङजिन लाेपन रेम्पाेछेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय