धनकुटा ।

लागु ओैषधतथा दुर्ब्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम धनकुटाको हिले बजारमा आज (शुक्रबार ) सम्पन्न भएको छ । धनकुटा नगरपालिका वडा नं १ हिले र जिल्ला प्रहरी कार्यलय धनकुटाको संयुक्त आयोजनामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पाैडेलले कार्यक्रममा बाेल्नु हुदै लागु औषध दुर्ब्यसनबाट  युवाहरुलाई बच्न सचेतना मुलक कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो । साथै उहाले लागू ओैषध दुर्ब्यसन विरुद्ध  सबै एक हुनुपर्नेमा जाेड दिनुभयो । त्यस्तै गरि धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङद तामाङले लागुओैषध दुर्ब्यसन विरुद्ध विभिन्न सचेतना मुलक कार्यक्रम वडाले निरन्तर सञ्चालन गरिरहेकाे जानकारी गराउनुहुदै आगामी दिनमा पनि जिल्ला प्रहरी कार्यलय लगायतविभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका डियस्पी राज बाबू महर्जनले साे अवसरमा आगामी दिनहरूमा यस्ता लागुओैषध विरुद्धका सचेतनामुलक कार्यक्रम गर्नका लागि प्रहरी सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा हिले बजार स्थित रहेको विभिन्न युवाक्लब तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि विघार्थिकाे सहभागीता रहेको थियोे । कार्यक्रम हुनु अघि लागुओैषध विरुद्धको विभिन्न सचेतनामुलक सन्देश दिने व्यानर तथा प्लेकार्ड बाेकेकाे र्यालिले हिले बजार परिक्रमा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय