धनकुटा पुस २७।
धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ४ स्थितको श्री पञ्चकृष्ण माविको अभिभावक दिवस तथा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वलेन्द्र राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच पूर्व भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राईले ७ कोठे तीन तले भवनको उद्घाटन गर्नुभएको हो । नमूना विद्यालय विकास कार्यक्रम अन्र्तगत प्राप्त वजेट २ करोड २ लाख लागतमा विद्यालयमा ७ कोठे, तीन तले भवन निर्माण सहित तार घेरावार गरिएको विद्यालयका प्रधानाध्यापक शम्शेर राईले जानकारी दिनुभयो । प्राप्त वजेट मध्ये साढे ४ लाख बाँकी रहेको रकम विद्यलयकी अन्य कार्यमा लगानी गरिने उहाँले वताउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री राईले शैक्षिक गुणस्तर सुधार तथा विद्यालयलाई जिल्लाकै नमूना विद्यालय वनाउनका लागि नवनिर्मित भवनले सहयोग पुर्याउने वताउनु भयो ।   साथै  विद्यालयको थप वृतीविकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राईले पालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि लागिरको वताउनुभयो । कार्यक्रमको अवसरमा सेवा निवृत १० जना शिक्षकहरुलाई सम्मान पत्र, माया चिनो प्रदान गर्दै खदा ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै अक्षकोष दाता जेनिस स्मृती अक्षकोषदाता ताप्गेरा राई, (२५,०००) चन्द्रकला चन्द्र वहादुर स्मृती अक्षकोषका अक्षकोष दाता विन्दामान राई (८,००,०००) लाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा वडाध्यक्ष, शिक्षक, विद्यार्थी,कर्मचारी,अभिभावक तथा सामाजिक व्यक्तीत्वहरुको उपस्थिती थियो । कार्यक्रममा प्रधानाध्यापक राईले स्वागत मन्तव्य राख्नुभएको थियो । यो विद्यालयमा ४ सय जना विद्यार्थी अध्ययनरत छन् । यहाँ यसै वर्ष देखी प्राविधिक धार तर्फ शूरु गरेको वालिविज्ञान तर्फ २७ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय