धनकुटा चैत ६ ,

गरिबी निवारणका लागि लघुउद्यम विकाश कार्यक्रम (मेडपा)अन्तर्गत
पाख्रीबास नगरपालिका वडा नं ९ उत्तरपानीमा १ महिने सुइटर बुन्ने तालिम सुरुभयकाे छ ।
हाते हाेजियारी सम्बन्धि आधारभुत सिपविकास तालिम अन्तरगत वडा नं ९ उत्तरपानीमा साेमबार देखि १ महिने सुइटर बुन्ने तालिम सुरु भएको कार्यवाहक वडाअध्यक्ष पहलमान घिसिङले जानकारी दिनुभएको छ ।

उक्त तालिममा वडाका १३ जना महिलाको सहभागीता रहेको छ । तालिममा सहभागी महीलाहरुलाइ मेडपाका प्रशिक्षकले तालिमको सहजीकरण गरिरहेकाे छ । तालिम उदघाट्न कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष पहलमान घिसिङ , वडा सदस्य मदन आले ,वडा सचिव अनिल तिम्सिना लगायतको उपस्थितिमा सम्पन्न भएको थियोे । त्यस्तै गरि चैत  १५ गते देखि थप डल र कुसन बुन्ने तालिम सञ्चालन गरिने  कार्यवाहक वडा अध्यक्ष घिसिङले बताउनुभयो । महिलाको सिप विकास गर्न तालिम दिदै घरैमा स्वरोजगार बनाउने उदेश्यले तालिम सञ्चालन गरेको वडाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय