धनकुटा चैत १७
खानेपानी मन्त्री   राजेन्द्र कुमार राईलाई   जनता संग भेटघाट गर्नेक्रममा  माग पत्रकाे ओइरो  लागेको छ ।   विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले जिल्लाकाे विभिन्न स्थानीय तहमा पुगेर प्रत्यक्ष जनता संग भेटघाट गर्ने क्रममा ठूला याेजना आयोजना सम्बन्धि बजेट व्यवस्थाकाे माग राख्दै जनताले माग पत्र बुझाएका हाे । मन्त्री राईले सहिद भूमि गाउँपालिकामा रहेको कन्यादेवी विद्यालयकाे भवन उदद्याटान , सहदिपार्कमा माल्यापर्ण र जनता संग भेटघाट माग पत्र बुझ्नु भएको थियोे । यस्तै पाख्रीबास नगरपालिकाकाे  वडा नं ३ र ७ काे नयाँ बन्न लागेको दुईवटा  वडाकार्यलय भवन शिलान्यास गर्नुका साथै भुल्के राम्चेडाडा वृहत् खानेपानी आयोजनाका विषयमा छलफल तथा जनता संग भेटघाट मागपत्र बुझ्नु भएको थियोे । त्यस्तै गरि धनकुटा नगरपालिकामा धनकुटा खानेपानी उपभोक्ता समितिले राखेको बैठकमा  वृहत् छलफल गरिएको थियोे । त्यस्तै गरि छथरजाेरपाटि  गाउँपालिका वडा नं ६ सिधुवा बजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले मन्त्री राइलाई बधाई ज्ञापन गर्नु हुदै सहकारीका अध्यक्ष मेघेन्द्र गुरुङले  माग पत्र पेश गर्नु भएको थियो । मन्त्री राईले माग पत्र बुझ्नु हुदुै कृषकको बजारीकरण ,सितभणडार निर्माण लगायतका विभिन्न  समस्या समाधान गर्नका लागि आफ्नो तर्फबाट प्रयास पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो । यस्तै महालक्ष्मी नगरपालिका वडा नं १ घुमाउनेमा भएको जनता भेटघाट छलफल कार्यक्रममा घुमाउने बसन्तपुर मेन राेड जाेड्ने सडक पिच गर्नका लागि बजेट विनियोजन माग राख्दै वडा अध्यक्ष टेक बहादुर गुरुङले माग पत्र मन्त्री राईलाई बुझाउनु भएको थियोे । त्यस्तै गरि महालक्ष्मी नगरपालिका वडा नं २ मारेकटहरे स्थित रहेको धर्म देवी मान्दिरमा पंचवाली पुजा पाठ तथा जनता संग भेटाघाट गर्ने क्रममा नेकपा एमाले नगरकमिटीले मन्त्री राईलाई कार्यकाल सफलताको शुभकामना प्रदान गर्दै दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियोे ।
शिरमा राखेर काम गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो  ।
महालक्ष्मीका जनतालाइ मन्त्री राईले भेटघाट गर्दै  खदा र अविरले जनतालाई सम्मान गर्नु भएको थियोे । साेहि अवसरमा नगर भित्र रहेको विभिन्न विकासे आयाेजना सम्बन्धि माग पत्र जनताले बुझाएका थिए ।
साेहि  क्रममा  मन्त्री राईले सम्पूर्ण स्थानीय तह तथा जनता बाट आयको माग पत्र बुझ्नु हुदै जनताको काममा आफू गम्भीर भएर जनताको मागलाई शिरमा राखेर काम गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय