धनकुटा बैशाख ४

पाख्रीबास नगरपालिकाले किसानलाई खेत बारी जोत्नका लागि  मिनिटेलर हातेट्याक्कटर वितरण गरेको छ । परम्परागत कृषि पेशालाईं  व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन नगरपालिकाले मिनिटेलर हातेट्याक्कटर   वितरण गरेको हो।

नगरपालिकाले  ६ वटा कृषि सहकारी तथा  समूहलाई १,१ वटा ६ वटा  मिनिटेलर हातेट्याक्कटर  प्रदान गरेको हो। श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।

पाख्रीबास  नगरपालिकाले ८५  प्रतिशत अनुदानमा ७० हजार लगतकाे कृषककाे १५ % प्रतिशत गरि  मिनिटेलर ४ लाख २० हजार बराबरको   खरिद गरेर वितरण गरेको कृषि शाखा  प्रमुख ईन्द्रमाया तामाङले  बताउनुभयो । मिनिटेलर वितरण  गर्नुहुदै नगर प्रमुख ज्ञान बहादुर गुरुङले आगामी दिनमा  ‘किसानको थप सुविधा र कृषिमा आधुनिकीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

मिनिटेलर तस्बिर

पाख्रीबास नगरपालिकाकाे आर्थिक विकास संयोजक वडा अध्यक्ष सराेज राईको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नम्रता गाैत्तम , प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सुवेदी , लेखा प्रमुख मात्रिका धिताल , वडाअध्यक्ष पाख्रीबास प्रहरी कार्यलय ईन्चार्ज लगायतकाकाे उपस्थिति थियोे । साेहि अवसरमा माेर्डन एग्राेटेकका सञ्चालक लाखमान घिसिङले किसानलाई हातेट्याक्कटर चलाउका लागि आवाश्क प्राविधिक कुराहरूकाे प्रशिक्षण दिनुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय