धनकुटा असार १०,
धनकुटाकाे सहिदभूमि गाउँपालिका वडा नं १ मा चालुआर्थिक वर्ष २० वटा भन्दा बढी विभिन्न विकास निर्माण लगायत कार्यक्रम तथा आयाेजना सम्पन्न भएको छ ।
जस अनुसार छिन्ताङ्ग नमुना बालक्लब सम्बर्द्धन कार्यक्रम, छिन्ताङ्ग सहिदकप फुटबल ,सहिद प्रकाश थापा प्रदेश इस्तरिय भलिबल प्रतियोगिता सम्पन्न , सिम्ले खानेपानी आयोजना, अनिवार्य निशुल्क आ. बि.र वालिङ्ग प्रा. बि. ब्याबस्थापन कर्यक्रम ,सफाईटार सिचाई भवन मर्मत , सुन्दर सत्सङ्ग भवन मर्मत , पाङ्नाम हगुवा सेतिचोक सडक, कृशकहरुलाई ५०% अनुदानमा मकै र खुर्सानी को बीउ बितरण , शृजनशिल सक्तिशली समुहलाई कुर्सी तथा टेबल बितरण, भञ्ज्याङ् त्रीबेणी खुवालुङ्ग सडक मर्मत तथा स्तरउन्ति कार्य सम्पन्न भएको छ । यस्तै मितेरी युबा क्लब भवन अन्तिम चरणमा रहेको छ भने शिव पान्चयन मन्दिर धर्मशाला निर्माण गरिएको वडा अध्यक्ष रमेशकुमार राईले जानकारी दिनु भयो ।
यस्तै आदर्श युबा क्लब खेल मैदान निर्माण , धाप तेलिपानी गोपालपुर सडक, प्रधानमन्त्री रोजगार र युबा स्वरोजगार का सबै योजना हरु सम्पन्न भएको छ । यसैगरि सुन्तला वारि खाने पानी आयोजना, सुन्तलाबारी सृवानी योजना हरु, धाप सामुदायिक भवन निर्माण , सम्बिधान सभा खोप केन्द्र साैचालय निर्माण , कार्किटार खनेपानी ट्यान्की निर्माण लगायत आयोजना असार १५ अगाडि सम्पन्न हुने गरि काम भइरहेको वडा अध्यक्ष राईले बताउनुभयो ।