असार धनकुटा ।

सहिदभूमि गाउँपालिका धनकुटाले किसानलाई ५० प्रतिशत अनुदानमा प्लास्टिक पाेखरी वितरण ।
सहिदभूमि गाउँपालिकाकाे कृषि शाखामार्फत ५० प्रतिशत अनुदानमा १६ वटा कृषक समुह तथा सहकारीलाई प्लास्टिक पोखरी वितरण गरिएको हाे ।

गाउँपालिकाले प्लास्टिक पोखरी निर्माण गर्दा सुख्खा जमिन भएका किसानलाई प्लास्टिक पोखरीमा संकलित पानीबाट सिँचाइ गर्न सहयोग पुग्ने भएकाले उत्पादनसमेत वृद्धि हुने उद्देश्यले प्लास्टिक पाेखरी वितरण गरिएको जनाएको छ ।

गाउँपालिका भित्रका कृषक समूह र सहकारी गरि जम्मा १६ वटा प्लास्टिक पाेखरी खरिद गरेर ५० प्रतिशत अनुदानमा कृषकलाई ३ लाख ७८ हजार बराबरको १६ वटा प्लास्टिक पाेखरी किसानलाई वितरण गरिएको कृषि शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनुभयो  । प्लास्टिक पाेखरी वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की ले किसानलाई प्लास्टिक पाेखरी प्रदान गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय