धनकुटा असार २०,
धनकुटाकाे सहिदभूमि गाउँपालिकामा पञ्चेबाजा बजाउने कलाकारलाई पाेषाक वितरण कार्यक्रम सम्पन्न भएको छ । दलित एकता समाज सहिदभूमिकाे पहल तथा गाउँपालिकाकाे आर्थिक सहयोगमा सञ्चालित पाेषाक वितरणमा कार्यक्रममा सहिदभूमि गाउँपालिका भित्रका १८ जना पञ्चेबाजा बजाउने कलाकारहरुलाई पाेषाक वितरण गरिएको हाे ।
दलित एकता समाजका काेषाध्यक्ष साेम बहादुर दमाईकाे अध्यक्षता तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिकाकाे विपन्न संग अध्यक्ष कार्यक्रम मार्फत दलित समुदायको विकास प्रवर्द्धन गर्ने उदेश्यले १ लाख ५० हजार बराबरको पाेषाक खरिद गरेर १८ जना पञ्चेबाजाका बाध्यबाधाक कलाकारहरुलाई वितरण गरिएको गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिनुभयो ।
प्रमुख अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष राईले कार्यक्रममा बाेल्नु हुदै पछिल्लो समय बाजाको महत्त्व दिनानुदिन बढ्दै गएको भन्दै यस्ता नौमती बाजा, परम्परागत रैथाने पञ्चेबाजा पेशा व्यवसायिक रुपमा अघि बढाउन पालिका लागि परिरहेको बताउनुभयो । दमाहा, तबला, झ्याली, सनाही र नरसंघा गरी पाँच प्रकारका पञ्चेबाजा संरक्षण अभावमा छन् यसअघि हामीले खरिद गरेर वितरण गरिसकेको जानकारी गराउनुभयाे ।
बाजासँगै विभिन्न सांस्कृतिक परम्परा जोगाउन विभिन्न अभियान सञ्चालन गरेर युवा पुस्तालाई रोजगारी सिर्जना गर्न आवश्यक रहेको अध्यक्ष राईको भनाइ थियोे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशाकिय अधिकृत नवीन कार्की ,वडा अध्यक्षहरु र कर्मचारी ,सञ्चारकर्मीकाे उपस्थिति थियोे ।