असार २०,
सहिदभूमि गाउँपालिका धनकुटाले आर्थिक वर्ष २०८० /०८१ को सार्वजनिक सुनुवाइ गरेको छ । पालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।सार्वजनिक सुनवाइ गाउँपालिका अध्यक्ष मनाेज राईको अध्यक्षतामा सम्पन्न भएको हाे ।
गाउँपालिकाले आव २०८०/८१ मा ४८ करोड ७६ लाख अनुमानित आए प्रक्षेपण गरेको थियोे । ४१ करोड ४१ लाख ८५ प्रतिशत आम्दानी गर्न सफलभएकाे छ । असार २० गते सम्म ७४ प्रतिशत वित्तीय प्रगति भएको छ । भाैतिक प्रगति ९० प्रतिशत भएको छ । पुँजिगततर्फ ८५ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै पालिकाकाे खानेपानी तर्फ ९० प्रतिशत याेजना सम्पन्न भएको छ ।SIP द्वरा पालिकाम सञ्चालित ५ वटा साना सिचाइ परियोजना सम्पन्न भएको छ ।
सिचाइ आयोजनाहरुमा बतिसे कुलाे,कर्कले कुलाे,आरिखाेला कुलाे,माङसुवाटार खाेला सिचाइ , वेतेनि सिचाइ आयोजना रहेकाछन्। साथै पालिकाकाे गतवर्षको बाकी १६ वटा याेजना पनि सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिनुभयो । पालिकाकाे शाखागत मार्फत सञ्चालन हुने विभिन्न याेजना तथा कार्यक्रम ९० प्रतिशत सम्पन्न भएको छ ।
साे अवसरमा पालिकाकाे सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जस अनुसार कृषि तर्फ १२ वटा याेजना तथा कार्यक्रम सम्पन्न भएको छ । यस्तै पशुशाखा तर्फ १७ वटा याेजना सम्पन्न भएको छ भने स्वास्थ तर्फ १८ वटा , शिक्षातर्फ १५ वटा र प्रधानमन्त्री स्वराेजगार शाखाबाट १६ वटा याेजना सम्पन्न भएको छ । त्यस्तै गरि पालिकाकाे विशेष अनुदान तर्फ छिन्ताङ्मा साम्बु गाउँ स्वास्थ चाैकि निर्माण कार्य सम्पन्न भएको छ । समपुरक तर्फ सुकेआहाल पाेक्लाहाङखा सडक निर्माण याेजना सम्पन्न भएको छ।
त्यस्तै गरि समपुरक याेजना अन्तरगत प्रदेश तर्फका पञ्चकन्या सेती सडक ४० प्रतिश काम सम्पन्न भएको छ भने साे सडक निर्माणका लागि भाैगाेलिक विकटता साथै भाैगाेलिक भुवनावटले गर्दा समयमा काम सक्न अफ्ट्यारो भएको जनाएको छ ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाकाे बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए । पालिका अध्यक्ष मनाेज राई, प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले पालिकाबाट प्रवाह सेवाको विषयमाथिको प्रश्नमा सवाल जवाफ गर्नुभएको थियो । सार्वजनिक सुनवाइमा पालिका उपाध्यक्ष रत्नश्वरी राई , जनप्रतिनिधि, याेजना शाखा प्रमुख लगायत कर्मचारी र पत्रकारहरुकाे उपस्थिति थियोे ।