धनकुटा ।

धनकुटाकाे सहिदभूमि गाउँ पालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सहिदभूमि गाउँपालिकाकाे वडा नं ३ का ४१ जना जेष्ठ नागरिककाे घरघरमा पुगी सिर वितरण गरिएको छ ।सहिद भूमि गाउँपालिकाले याे वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत गाउँपालिकाले चाडवाड र आउदै गरेको हिउँदमा हुने जाडोलाई मध्ये नजर गरि फाइबरकाे सिरक वितरण कार्यक्रम दशै अगाडि देखि  सञ्चालन गरिरहेकाे गाउँपालिका अध्यक्ष मनाेज राईले बताउनुभयो । वडा नं ३ मा   ७८ वर्ष देखि ८० वर्ष मुनिका जेष्ठ नागरिकहरुको घर घरमा पुगि फाइबर सिरक वितरण गरिएको वडा सदस्य सुरेन्द्र राईले जानकारी दिनुभयो ।

यश अघि पालिकाले ८० वर्ष देखि माथिका जेष्ठ नागरिकलाई सम्मान तथा सिरक वितरण गरिसकेको पालिकाले जनाएको छ । उक्त सिरक वितरण गर्नका लागि वडा अध्यक्ष हाेम बहादुर राई ,वडा सदस्य सुरेन्द्र राईको टाेली घर घरमा पुगी जेष्ठ नागरिककाे अवस्था तथा हालखबर बुझ्दै एक / एक थान सिरक वितरण गरिएको हाे । वडा नं ६ र ४ मा सिरक वितरण कार्यक्रम सम्पन्न भईसकेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय