धनकुटा ।
नेकपा एमाले नगरकमिटी पाख्रीबास धनकुटाले गत असाेजमा पहिराेमा ज्यान गुमाएका परिवारलाई रु १ लाख ११ हजार आर्थिक सहयोग गरेको छ । गत असाेज १२ गते परेको अविरल वर्षाले पाख्रीबास नगरपालिका वडा नं ५ गुराँसेमा घरमाथिबाट पहिराे झर्दा एकै परिवारका दुईजना आमा छाेरि लक्ष्मीशाेभा तामाङ र आशा तामाङकाे मृत्यु भएको थियोे । नेकपा एमाले नगर कमिटीको तर्फबाट राहत स्वरुप मंगलबार पिडित परिवार स्व° आशा तामाङका श्रीमान आशिष तामाङलाई आर्थिक सहयोग रु १ लाख ११ हजार १ सय ११ रुपैया बराबरको चेक पार्टीका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री राजेन्द्र कुमार राईले हस्तान्तरण गर्नुभएको हाे । त्यस्तै गरि साेहि वडाका पहिराेमा परी घाइते हुनुभएका हाल उपचरात याेगेन्द्र तामाङका श्रीमती भिममाया तामाङ लाई पनि नगर कमिटीको तर्फबाट रु ५ हजार आर्थिक सहयोग गरेको पार्टीका पाख्रीबास नगर ईन्चार्ज तथा प्रदेश सदस्य खन्डमान राईले बताउनुभयो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रम पार्टीका नगर अध्यक्ष सिताराम राईको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रममा जिल्ला अध्यक्ष शिव आङ्ला , प्रदेश कानुन विभाग सचिव हिमा भट्टराई , पार्टीका जिल्ला सचिवालय सदस्य , जिल्ला कमिटी सदस्य , नगरकमिटाका पदाधिकारी,नगर सदस्य , वडा कमिटीका नेता कार्यकर्ताकाे उपस्थिति थियोे । आर्थिक सहयोग हस्तान्तरण पछि बाढी पहिराेमा परी मृत्यु भएकाहरुकाे सम्झनामा पार्टीले साेक सभा गर्दै शाेक सन्तपद परिवार प्रति धैर्य धारण गर्न सक्ने शक्ति मिलाेस भनी गहिराे समवेदना व्यक्त गर्दै मृत आत्मकाे चिर शान्तिकाे कामना सहति श्रद्धाञ्जली व्यक्तगरेका थिए ।