काठमाडौ ।

बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट
यहि मंसिर ३० गतेदेखि पुस ६ गते सम्म हुने भएको छ । याेल्माे काग्यू साङग लाछाेग नेपाल र  माेन्लम छेन्माेका अध्यक्ष कर्म लेक्शे संग बसेकाे संयुक्त बैठकले


आगामी मंसिर ३० देखि पुस ६ गते ( डिसेम्बर १५ देखि २१) सम्म भारतकाे  बोधगयामा ७ दिन सम्म हुन गईरहेकाे काग्यु मोन्लम छेन्मोमा नेपालबाट सहभागी हुने भक्तजनकाे नाम संकलन तथा यातायात व्यवस्थापन सम्बन्धि तयारीकाे विषयमा विभिन्न निर्णयहरु गर्दै  उपसमिति गठन गरेर जिम्मेवारी दिएको छ ।

बैठकले यातायात व्यवस्थापन उपसमिति , स्वयंसेवक व्यवस्थापन , नाम संकलन लगायत  उपसमिति  गठन गरेर  जिम्मेवारी दिएको याेल्माे काग्यू साङग लाछाेग नेपालका महासचिव युवराज लामा याेल्माेले जानकारी दिनुभयाे । काग्यू माेन्लम छेन्माे ( महापुजा) सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि  याेल्माे काग्यू साङग लाछाेग नेपालले निरन्तर सहयोग तथा समन्वय गर्दै आईरहेकाे छ भने यश वर्षको पनि याेल्माे काग्यू  साङग लाछाेगले आवाश्यक सहयोग तथा समन्वय गर्ने  लाछाेगका महासचिव युवराज लामा याेल्माेले बताउनुभयो । महापुजामा यश वर्ष  सहभागी हुन लामा ,भिक्षु, उपासाक उपासिकी गरि नेपालबाट ५ हजार भन्दा माथि बाेधगया भारत जाने तयारी भईरहेकाे जानकारी दिनुभयो । अहिले नाम संकलन तथा यातायात व्यवस्थापन कार्य भईरहेकाे संघले जनाएको छ ।

काग्यु माेन्लम छेन्माेमा नेपाल , भारत , भुटान, जापान,चिन, कम्बोडिया,थाईल्याण्ड ,युरोप , लगायत विश्वका विभिन्न  राष्ट्रबाट बाैद्व धर्मलम्बी  भक्तजनको सहभागी हुने गर्दछ ।

काग्यु मोन्लाम छेन्मो बौद्द धर्मवलाम्बीले प्रणीधान अर्थात विशेष गरेर विश्व शान्तिको लागि गरिन्ने  महापुजा हाे ।  सबैमा सकारात्मक साेचबिचार , हत्या हिंसात्मक गतिविधिबाट मुक्त  ,र सुख शान्ति उत्तरतर प्रगतिको कामना गर्दै धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट विश्व शान्तिकाे पुजा गर्दै भक्तजनलाई वाङ अभिषेक प्रदान गिरनेछ ।  भारतकाे बाेधगया भगवान गाैत्तम बुद्वले ज्ञान हासिल गरेको बुद्वतृव प्राप्त गरेको ठाउँ भएकाले बाैद्व धर्मलम्बिले ठुलो तिर्थस्थलकाे रुपमा मान्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय