धनकुटा ।
धनकुटा नगरपालिकाकाे सार्वजनिक सुनवाइ कार्यक्रम बिहिवार हिलेमा सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८१।० ८२ को तेस्रो त्रैमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हाे ।
सार्वजनिक सुवाई कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै वडा अध्यक्ष ओङद तामाङ , प्रशासकीय अधिकृत दशरथ राई , कार्यपालिका सदस्य मनु कला लिम्बू , याेजना शाखा प्रमुख सीताराम गाैत्तम , सामाजिक विकास शाखा प्रमुख नुस राज श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै लैजाने प्रतिबन्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा न्युरोड टाेल विकास समिताका अध्यक्ष विरबहादुर तितुङ, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गाेङ्वा, कुवापानी टाेल विकास समितिका सचिव चन्द्र याेञ्जन, चियाबारी टाेल विकास समिति अध्यक्ष विकास सुनुवार राई , मिडिया तथा स्थानीयले नगरका योजना तथा सेवा प्रवाहका विषयमा जिज्ञासा राखेका थिए । उनिहरुले कार्यक्रममा खानेपानी तथा सरसफाई ,बजार व्यवस्थापन, सञ्चार तथा बाटोघाटो,शिक्षा स्वास्थ ,सुरक्षा ,विद्युत, बादर व्यवस्थापन जस्ता लगायत विषयमा गुनासो गरेका थिए ।
कार्यक्रममा सर्बेक्षणको प्रतिबेदन पत्रकार विनाेद घिमिरेले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमकाे सञ्चालन पत्रकार विदुर खवासले गर्नु भएको थियोे । सार्वजनिक सुनवाइ कार्यक्रमको सहजिकरण खवरपालिका मिडिया नेटवर्क प्रालिले गरेका थिए ।