
धनकुटा ।
धनकुटाकाे सहिदभूमि गाउँपालिकामा पशुपंन्क्षीमा लाग्ने महामारीजन्य राेग नियन्त्रण तथा राेग थामका लागि निशुल्क एक दिने पशु स्वास्थ शिविर सुरुभएकाे छ । शिविरको मंगलबार वडा नं २ अखुवाटार बाट सुरु गरेको हाे । शिविरको गाउँपालिका अध्यक्ष मनाेज राईले किसानलाई पशुमा लाग्ने राेगकाे उपचारका लागि प्रयोग हुने ओैषिध किसानलाई प्रदान गर्दै शिविरकाे उद्घाटन गर्नु भएको थियोे । शिविरमा ९१ घरधुरी किसानकाे गाई २ सय ३१,भैंसी ११,बाख्रा ८ सय ३९ बंगुर ५७,कुखुरा १ हजार ८९ उपचार तथा ओैषधि वितरण गरिएको पशु शाखा प्रमुख नगेन्द्र पाैडेलले बताउनुभयो ।
यस्तै बिरालाे ५ र कुकुर ३१ वटालाई
रेविज विरुद्धको खाेप लगाइएको जानाएकाे छ ।शिविरमा किसानलाई जुका, नाम्ले, रुघाखोकी, भिटामिन, घाउखटिरा, जुम्रालगायतका उपचार तथा औषधि निःशुल्क वितरण गरिएको पशु शाखा प्रमुख पाैडेलले बताउनुभयो । शिविर पालिकाकाे प्रत्येक वडामा सञ्चालन गरिनेछ ।
त्यस्तै गरि सहिदभूमि गाउँ पालिकाकाे स्वास्थ शाखाको आयाेजनामा वडा नं २ बाट घुम्ती स्वास्थ शिविर सुरु गरेकाे छ । स्वास्थ शिविरमा सम्पूर्ण स्वास्थ जाँच सेवा,ई. सि.जी सेवा,भि.आई.ए सेवा उपलब्ध रहेको छ भने अपांग भएकाहरूको पहिचान गरेर परिचय पत्र वितरण गरिएको छ । याे शिविर पनि पालिकाकाे सबै वडामा सञ्चालन हुने स्वास्थ शाखाले जनाएको छ। उक्त शिविरमा गाउँ पालपकाकाे प्रमुख प्रशासकीय अधिकृत सुर्यबहादुर भण्डारी , लेखा शाखा प्रमुख नितेस कुमार यादव , स्वास्थ शाखा प्रमुख फकिर महाेमद , पशुप्राविधिक , स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुकाे सहभागीता रहेको छ ।