
धनकुटा ।
नेकपा एमाले पाख्रीबास नगरपालिका वडानम्बर ५ काे दोस्रो वडा अधिबेशन मंगलबार सम्पन्न भएको छ। साे अधिवेशनले लाेक बहादुर ब्लाेनकाे अध्यक्षतामा सर्बसम्मत ३१ सदस्य वडा कमिटी चयन गरिएको छ । वडा कमिटी उपाध्यक्ष देबेन्द्र निरौला,सचिब श्याम बहादुर देउजा,उप सचिब बिमन सिङ तामाङ,उप सचिब रन्जु भुजेल लगायत गरि ३१ सदस्यीय रहेकाछन् । जनसङठन तर्फ अनेमसघ वडाकमिटी अम्बिका थापाकाे अध्यक्षतामा १७ सदस्यीय गठन गरिएको छ । अनेम संघ वडाकमिटी उपाध्यक्ष नन्द कुमारी तामाङ , सचिव धनमाया ढकाल , काेषाध्यक्ष तुलसा देउजा ,उपसचिव तिर्थ श्रेष्ठ रहेकाछन् ।

oplus_1026
यस्तै राष्ट्रिय युवासघ नेपाल वडाकमिटी सन्ताेष कट्टुवालकाे
अध्यक्षतामा ९ सदस्यीय गरिएको छ। युवासंघ वडा कमिटी उपाध्यक्ष एकेन्द्र विक ,सचिव मिजराम विक , काेषाध्यक्ष जित बहादुर तामाङ , सहसचिव जित तामाङ रहेकाछन्।
साेहि अवसरमा अखिल नेपाल किसान महासघ हरी देउजाकाे अध्यक्षतामा ९ सदस्य वडाकमिटी गठन गरिएको छ । महासंघको उपाध्यक्ष भिम बहादुर विश्वकर्मा , सचिव गणेश कठैत ,काेषाध्यक्ष मनमाया तामाङ ,सहसचिव दम तामाङ रहेकाछन ।
अधिबेसन नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज खण्डमान राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । अधिवेशनमा जिल्ला कमिटी सचिबालय सदस्य, जिल्ला सल्लाहाकार परिसद अध्यक्ष, जिल्ला कमिटी सदस्य , कोशी प्रदेस कमिटी प्रचार एबम प्रकासन बिभाग सदस्य, सल्लाहाकार परिसद सदस्य , ज्येस्ठ कम्युनिस्ट मञ्च जिल्ला सदस्य, नगर कमिटी अध्यक्ष , नगर पदाधिकारी ,सदस्य ,पार्टीको विभिन्न जनसंगठनमा आवद्व नेता कार्यकर्ताकाे उपस्थिति थियोे ।