काठमान्डौ    भारत राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला नजिक भएको विस्फोटप्रति नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख प्रकट गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै घटनाप्रति समवेदना प्रकट गरेकी हुन्।

कार्कीले लेखेकी छिन्, “दिल्लीमा भएको दुखद विस्फोटको घटनाले मलाई स्तब्ध र मर्माहित बनाएको छ। मृतक परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस कठिन घडीमा नेपाल भारतसँग ऐक्यताको भावनामा उभिएको छ।”

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ लाल किल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। घटना के कारणले भएको भन्ने विषयमा भारतीय प्रहरी अनुसन्धानमा जुटिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय