काठमाडौं। तामाङ साङ्गितिक जगत्का पृथक शब्दकार धनराज लामाको ४३औँ शब्दरचनामा आधारित तामाङ फापरे गीत ‘ह्याङ्ला शान’ भिडियोसहित सार्वजनिक गरिएको छ। गीतलाई Moktan Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा शब्दरचना धनराज लामाले गरेका छन् भने संगीत गायक तथा संगीतकार फुलकुमार भोम्जनको रहेको छ। गीतको एरेन्ज, ध्वनि–मिश्रण तथा रेकर्डिङ अर्पण थिङले गरेका हुन्। पुरुष स्वरमा फुलकुमार भोम्जन र मार्मिक लामा तथा महिला स्वरमा अश्मिता रुम्बा र रेश्मा भोम्जनको आवाज रहेको छ। शम्भु मोक्तनको प्रस्तुतिमा तयार गीत अर्पण स्टुडियो, बौद्धमा रेकर्ड गरिएको हो।
भिडियोतर्फ निर्देशन प्रतीक ङ्यासुरले गरेका छन्। भिडियोमा तामाङ चलचित्रका महानायक अमिर दोङसहित सचिता लोप्चन, बुद्धि भोम्जन, अम्बिका तामाङ, कुईसाङ रुम्बा, सुभी लोप्चन र लखन आले मगरको अभिनय समावेश गरिएको छ। मुवा सपना लम्सालको रहेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका छन् भने ड्रोन छायांकन सेन्साई पेमा वाइबाले गरेका हुन्।
गीतको भिडियो चितवनको भण्डारा–पेरीडाब क्षेत्रमा छायांकन गरिएको जनाइएको छ।












