काठमाडौं । तामाङ साङ्गितिक जगतका कुशल गीत निर्माता SK Shishir Jo Jo को आठौँ प्रस्तुतीको रुपमा तयार गरिएको तामाङ सेलो गीत ‘नक्कले च्याङ्बा’ बिहीबार आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीतमा शब्दरचना एलिजा स्माइल ले गरेका छन् भने संगीत अग्रज विशिष्ट व्यक्तित्व आगा लामा को रहेको छ। संगीत संयोजनदेखि लिएर ध्वनी समिश्रणसम्मको सम्पूर्ण काम समेत आगा लामाले नै गरेका छन्।

गीतमा सुमधुर स्वरकी धनी गायिका तथा मोडेल अश्मिता रुम्बा को आवाज रहेको छ। सो गीत Liza-A Studio मा रेकर्ड गरिएको हो।

यसअघि पटक–पटक प्रभावशाली प्रस्तुती सार्वजनिक गर्दै आइरहेका निर्माता SK Shishir Jo Jo का अनुसार यो गीतले तामाङ सेलोको आधुनिक भाव र परम्परागत शैलीलाई संयोजन गर्ने उद्देश्य राखेको छ।

गीत बिहीबार SK Shishir Jo Jo को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय