काठमाडौ,पौस २३ । नेपाली कम्युनिस्ट पार्टी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले पौष २६ गते “एकता सन्देश सभा” आयोजना गर्ने भएको छ। काठमाडौंको जडिबुटीस्थित रोएल बैङ्क्वेटमा हुने उक्त सभामा दोलखा जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशा–व्यवसाय गर्दै बसोबास गरिरहेका सबै दोलखावासीलाई उपस्थितिका लागि निम्तो गरिएको छ।
सम्पर्क समन्वय समितिका नेता इराज राउतका अनुसार कार्यक्रममा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित १६ वटा घटकबीच भएको एकतालाई सुदृढ बनाउने सन्देश प्रवाह गरिनेछ। उनका अनुसार अहिले देशभर क्रमिक रुपमा एकता सन्देश सभा हुँदै आएका छन्।

एकता सन्देश सभामा केन्द्रीय नेता, दोलखा जिल्लाका नेतृत्व तहका व्यक्तिहरु तथा काठमाडौंमा बसोबास गर्ने दोलखावासीको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको राउतले जानकारी दिए।
राउतका अनुसार कार्यक्रमले दोलखाबासीबीच आपसी समन्वय, संगठनात्मक एकता र साझा राजनीतिक एंवम सामाजिक मुद्दामा एकीकृत धारणा निर्माणमा सहयोग पुर्याउने विश्वास लिइएको छ।












