काठमाडौं — बाढी तथा लेदोको विनाशबाट प्रभावित परिवारका लागि विश्वका विभिन्न देशमा मानवीय तथा आपत्कालीन राहत कार्य गर्दै आएको अन्तर्राष्ट्रिय राहत संस्था सामरिटन्स पर्स (Samaritan’s Purse) को ४२ टन राहत सामग्री नेपाल आइपुगेको छ।

संस्थाको 767 विमानमार्फत आज बिहान नेपाल ल्याइएको राहत सामग्रीमा पानी फिल्टर, सोलार बत्ती, त्रिपाल, कम्बल तथा सरसफाइका सामग्री रहेका छन्। यी सामग्री बाढी तथा लेदोका कारण घरबारविहीन भएका र आफ्नो सम्पत्ति गुमाएका प्रभावित परिवारलाई तत्काल आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको हो।

सामरिटन्स पर्सले विश्वका विभिन्न स्थानमा प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा आपत्कालीन उद्धार, राहत तथा सहायता प्रदान गर्दै आएको छ। नेपालमा पनि संस्थाले स्थानीय चर्च तथा साझेदार संस्थाहरूसँग सहकार्य गर्दै बाढी तथा लेदोबाट प्रभावित समुदायमा आवश्यक राहत सामग्री वितरण गरिरहेको जनाएको छ।

राहत सामग्रीमार्फत प्रभावित परिवारलाई स्वच्छ खानेपानी, अस्थायी आश्रय, प्रकाश तथा सरसफाइका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रयास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय