१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिमध्ये एक जनाको जीवितै उद्धार गरिएको छ।

शुक्रबार बिहान उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी रहेको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख आवास ओझाका अनुसार, उद्धार गरिएका साह आयोजनाको सुरुङभित्र फसेका थिए। उनीसँगै सुरुङभित्र फसेका अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

आयोजनाका सुपरभाइजर कविर महर्जन पनि सुरुङभित्र फसेको जानकारी प्राप्त भएको छ। बाढीका कारण सुरुङ तथा आयोजनाको क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार टोलीले निरन्तर खोजी तथा उद्धार कार्य गरिरहेको छ।

बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेको र सुरुङभित्र उद्धार कार्य चुनौतीपूर्ण बनेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय