अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक आइतबार बस्दै छ ।
नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीका शीर्षनेताहरू बिहान १० बजे छलफलमा जुट्दै छन्।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमसीसी अनुमोदनका लागि संसद्मा प्रस्तुत गर्न प्रस्ताव गरेका छन् । तर, संसद् सुचारु गर्नुपर्ने र एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने अडानमा प्रचण्ड र नेपाल छन्। गोरखापत्र दैनिक ,












