चैत २२,

नेपाली काङ्ग्रेस पार्टीको कान्छामान माेक्तान नवीनकाे सभापतित्वमा ३१ सदस्य  काठमाडौ महाभारत काभ्रे  सम्पर्क समिति गठन गरिएको छ । मंगलबार माहाभारत गाउपालिकामा सम्पन्न पार्टीको प्रशिक्षण कार्यक्रमकाे अवसरमा कान्छामान माेक्तान नवीनकाे सभापतित्वमा ३१ सदस्य काठमाडौ महाभारत सम्पर्क समिति गठन गरेकाे पार्टीका  बागमती प्रदेश प्रतिनिधि विकास याेञ्जनले जानकारी दिनुभयो ।

नवगठित सम्पर्क समिति उपसभापतिमा कान्छालाल थिङ, उपसभापति वुद्वराज वाईवा , सचिव धनराज थिङ , सचिव टेकेन्द्र वाईवा ,सहसचिव सुरेश रानामगर ,सहसचिव समीर वाइवा र काेषाअध्यक्षमा कान्छामान वाईवा रहेकाछन । त्यस्तै सदस्यहरुमा कपिल लामिछाने , प्रकाश पिठाकाेठे , रवि घलान लगायत रहेकाछन् । नेपाली काङ्ग्रेस पार्टीको महाभारत गाउपालिकामा जित सुनिश्चित भएकाले गठबन्धन आवाश्यक नरहेको नेताहरूले बताएकाछन् ।

कार्यक्रम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गणेश लामाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा केन्द्र ,क्षेत्रिय र जिल्ला स्तरीय नेताहरूकाे उपस्थिति थियोे । कार्यक्रममा व्यापक माहाभारत गाउपालिकाकाे नेता कार्यकर्ताकाे उपस्थिती  थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय