धनकुटा असार ११
कृषि पर्यटन प्रवद्वनमा महिला अभियान धनकुटा ६ काे आयाेजनामा महिला सशक्तीकरण विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा ८० जना महिला दिदीबहिनीकाे सहभागी रहेको संस्थाका अध्यक्ष तारा तितुङले जानकारी दिनु भयाे । साेहि अवसरमा भखरै निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सावित्रा राइलाई बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना संस्थाका पदाधिकारी सदस्य हरुले प्रदान गरेका थिए ।

सरकारले कृषि क्षेत्रमा महिला जनशक्तिले गरेको महत्त्वपूर्ण योगदानलाई दृष्टिगत गरी दीर्घकालीन कृषि योजना अनुरुप भूमिमाथिको स्वामित्व, कृषि सम्बन्धी प्राविधिक तालिम, बजार व्यवस्थापन र कृषिजन्य आयमूलक क्रियाकलापमा महिलाको हक–अधिकार कायम गर्न तथा महिला जनशक्ति परिचालन गर्न विशेष व्यवस्था गर्नुपर्छ ।महिलाहरूलाई कृषिमा सशक्त बनाउन बनेका नीति, नियम र कानुनहरूलाई कागजमा मात्र सीमित नराखी व्यावहारिक रूपमा लागू गरिनुपर्छ । महिला सशक्तीकरणका लागि शिक्षा, चेतना, अधिकार र अवसर उपलब्ध गराउनु पर्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियोे ।













