सिन्धुलीमा दसैंको टीका लगाएर घर फर्केकी किशोरीहरुलाई बलात्कार गरेको भन्दै युवाको समूहविरुद्ध किशोरीका परिवारले उजुरी दिएका छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका–५ को लब्दाहखोलास्थित  ९  युवाको समूहले दसैंको टीका लगाएर घर फर्केकी ३ किशोरीहरुलाई बलात्कार गरेको जनाइएको छ ।

शनिबार राति कमलामाई नगरपालिका–५ को लब्दाहखोला पुलमुनि ९ जना यूवाहरूको समूहले सामूहिक बलात्कार गरेको बताइएको छ ।

सामूहिक बलात्कारमा संलग्न आरोप लागेका ९ जना मध्य ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । फरार भएका ६ जनाको खोजी कार्य भइरहेको बताइएको छ ।

उनीहरुलाई अभिभावकले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय