धनकुटाका पाख्रीवास नगरपालिकामा बुधबारदेखी पालिका स्तरिय फुटवल प्रतियोगिता शूरु भएको छ । युथ युनाइटेड पाख्रीवासद्धारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जिल्लाको शहिदभुमी गाउँपालिका र पाख्रीवास नगरपालिका भिडेका छन् । यी दुई पालिका वीचको खेलमा निर्धारित समयमा कुनैपनि पालिकाले गोल लगाउन सकेनन् । त्यसपछि खेल पेनाल्टि सुटआउटमा धकेलिएको थियो । पेनाल्टिको अवसरलाई सदुपयोग गर्दै ५ (४ गोल अन्तरले शहिदभुमी गाउँपालिका विजयी भएको प्रतियोगिता आयोजक पाख्रीवास युथ युनाईटेडका अध्यक्ष गणेश गरुङले जानकारी दिनुभयो ।
खेलको म्यान अप दि म्याच शहिदभुमीका जर्सी नं ६ का खेलाडी शलिन राई घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको तीन खेल हुने छन् । खेल विहान ११ वजे देखी हुनेछ । प्रतियोगिताको प्रथम हुनेले नगद १ लाख र दोश्रो हुनेले नगद ५० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन नेकपा धनकुटाका अध्यक्ष तथा संघीय संसद राजेन्द्र राईले उद्घाटन गर्नुभएको थियो । सोही क्रममा उहाँले युथ युनाईटेडलाई १ लाख आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ । कार्तिक १३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि आयोजक आफैले खान बस्नको सुविधा समेत प्रदान गरेको छ ।












