बारा । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा जारी फ्याफुल्ला नकाउट फुटबल प्रतियोगितामा सहमति फुटबल क्लबले सपुज गण आधाभार विभागीय आर्मी टोलीलाई ०–१ गोलले हराएको छ ।
शनिबार भएको खेलमा सहमति फुटबल क्लबले जितसंगै रतनपुर पानीट्यङ्की फुटबल क्लब निजगढ–११ संगको भेट पक्का गरे हो ।

फाईनलकालागि सहमतिले पानीट्याङ्की फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । डम्बरपुर स्थित फ्याफुल्ला फुटबल क्लबको मैदानमा भए सो खेल प्रतिस्पर्धात्मक र रोमन्चक रहेका थिए ।

खेलाको अन्तिम समयको १ मिनेट बाँकी रहँदा सहमति फुटबल क्लबको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल टोली साफ यु–१९ च्याम्पियनसिपका सर्वाधिक चम्किएका खेलाडी समीर तामाङ्गले गरेको १ गोल नै निर्णयक गोल हुन पुग्यो । यो जितसंगै सहमति सेमिफाइनलमा प्रवेश गरेको छ । सो खेलको म्यान अफ द म्याच सहमति फुटबल क्लबका अन्तर्राष्ट्रिय फुटबल टोली साफ यु–१९ च्याम्पियनसिप समीर तामाङ्गले घोषित भएको छ ।

तामाङ्गलाई फ्याफुल्ला फुटबल क्लबका अध्यक्ष दिलिप लामाले ट्रफी हस्तान्तरण गरेका थिए । त्यस्तै असोज २८ गते आईतबार दिनको ३ बजे हुने खेलमा ग्रामिण विकास निजगढ–१२ कोलगाऊँ र न्यू जनजागृती निजगढ–५ खोल्माटोल विच हुने आयोजक समितिका सचीव जीवन पाख्रीनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय