टी–२० विश्वकपमा पाकिस्तानले जीतको ह्याट्रिक लगाउँदै अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जीतसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

जीतमा कप्तान बाबर आजमले शानदार ब्याटिङ गर्दै ५१ रन बनाए । उनी कप्तानका रुपमा पाकिस्तानका लागि टी–२० खेलमा १ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । कप्तानका रुपमा उनले यो १३ औँ अर्धशतक थियो । बाबरले सबैभन्दा चाँडो एक हजार रन बनाउने मामिलामा विराट कोहलीलाई पनि उछिनेका छन् । बाबरले मात्र २६ इनिङमा यो उपलब्धि हासिल गरेका हुन् भने भारतीय कप्तान कोहलीलाई १ हजार रन पुरा गर्न ३० इनिङ लागेको थियो ।
खेलमा लेग स्पिनर राशिद खानले अन्तर्राष्ट्रिय टी–२० खेलमा आफ्नो १ सय विकेट पनि पूरा गरेका छन् । यो उपलब्धि हाल गर्ने उनी अफगानिस्तानको पहिलो र विश्वकै चौथो बलर हुन् । मात्र ५३ बलमा उनले रेकर्ड आफ्नो नाममा बनाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय