धनकुटाकाे शहिदभुमि गाउपालिका वडा नं १ गाेपालपुरमा जारी पाचौं सरस्वती खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सरस्वती युवा क्लबकाे आयाेजनामा सञ्चालित पाचौं सरस्वती खुल्ला नकआउट फुटबल प्रतियोगिताकाे उपाधि आयाेजक सरस्वती युवा क्लबले जितेकाछन् । फाईनल खेल अायाेजक सरस्वती युवा क्लव र सिद्वबावा युवा क्लब साप्तिटार बिच भएको खेलमा ०-२ गाेल अन्तरले आयाेजक सरस्वती युवा क्लब विजयी भएका हुन । उस्ले जित संगै प्रथम पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र पाउन सफलभएकाे छ । त्यस्तै खेलमा दाेस्राे हुन सफल टिम सिद्वबावा युवा क्लब साप्तिङटार नगद 25 हजार ट्रफी मेडल तथा प्रमाणपत्र पुरस्कार पाएकाछन् । खेल समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद निरन राई , विशेष अतिथि गाउँपालिका अध्यक्ष मनाेज राई , वडा अध्यक्ष बम बहादुर राई लगायतले खेलाडीहरूलाई शुभकामना दिनु हुदै पुरस्कार प्रदान गरेकाे क्लबका अध्यक्ष अजय राईले जानकारी दिनुभयो । उत्त खेल समापन कार्यक्रममा जनप्रतिनिधिहरू खेलाडी लगायत स्थानीय बासिकाे उपस्थित थियोे।












