

ग्रीन ईन्टिरनेश्नल क्लव धनकुटा शाखाको आयोजनामा धनकुटाको पाख्रीवास ५ घोर्लिखर्क मगर गाउँमा सञ्चालित खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिताको जित बाह्रविसे संखुवासभाले हात पारेको छ ।हतुवागढी भोजपुर सँग पाईनलमा भिडेको बाह्रबिसे संखुवासभाले सोझो सेटमा जित निकाल्दै विजयी बनेको हो । जित संगै उसले ५१ हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । उपविजेता हतुवागढी भोजपुरले नगद २१ हजार सहित, ट्रफी, मेडल प्रमाणपत्र पाएको छ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।खेलको अन्तिमदिन बेलुकी राष्ट्रिय कलाकार सुबि राई र धरानका कलाकारहरूद्वारा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको आयोजक टिमका सदस्य विश्वजित देउजाले जानकारी दिनुभयो ।











