एनसेल आजियाटा लिमिटेडले दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोडहरू परिवर्तन गरेको छ ।

पहिले एसएमएस सेवा, नोटिफिकेसन लगायतका विभिन्न सेवाको लागि प्रयोग हुँदै आएको चार अङ्कका शर्ट कोडलाई परिवर्तन गरेर कम्पनीले पाँच अङ्कको नयाँ कोड लागू गरेको छ ।

 

अब एनसेल प्रयोगकर्ताले विभिन्न जानकारी अथवा सेवाको लागि पुरानो चार अङ्कको कोड नभई पाँच अङ्कको नयाँ कोड प्रयोग गर्नुपर्नेछ ।

गत वर्षको भदौ महिनामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग हुने शर्टकोड र टोल फ्री नम्बर व्यवस्थापन कार्यविधि, २०७७ जारी गर्दै चार अंङ्कको शर्टकोड हटाएर नयाँ कोड राख्नुपर्ने व्यवस्था लागू गरेको थियो ।

यस्ता छन् परिवर्तन भएका एनसेलका नयाँ कोडः

पुरानो कोड नयाँ कोड सेवा
९०० १७२०१ सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००५ १७२०२ सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००७ १७२०३ पोस्टपेड प्रयोगकर्ताको सेल्फ केयर तथा ग्राहक सेवाको लागि
९००८ १७२०४ वायरलेस अथवा होम नेट प्रयोगकर्ताको केयर तथा ग्राहक सेवाको लागि
९५९५ १७२०५ इन्टरनेट सेवाको लागि
९००६ १७२०६ रिटेलरहरूले सब्स्क्राइबरको विवरण हेर्नको लागि
९९६६ १७२०७ आफूले प्रयोग गरिरहेको सिम कसको नाममा छ भनेर हेर्नको लागि
९८९१ १७२०८ रिटेलरहरूले सब्स्क्राइबरलाई रिक्वेस्ट पठाउनको लागि
७८९९ १७२०९ ग्राहक सेवामा कुरा गरिसकेपछि छोटो जानकारी पठाउनको लागि
९८९३ १७२१० ग्राहकको सर्वेक्षण गर्नको लागि
७७२४ ३११२४ प्रयोगकर्ताले डिजिटल भ्यालु एडेट सर्भिस हटाउनको लागि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय