धनकुटा ।
धनकुटाको सहिदभुमी गाउँपालिकामा प्रविधिमैत्री शिक्षणका लागि कम्प्युटर सम्बन्धि ७ दिने तालिम सम्पन्न भएको छ । जेष्ठ २९ गतेबाट सञ्चालित तालिममा पञ्चकृष्ण माविमा रहेको कम्प्युटर ल्यावमा आईसिटी सम्बन्धि र प्रविधि सम्बन्धि ज्ञान नभएका शिक्षकहरुलाई  प्रशिक्षण दिईएको तालिम आयोजक गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । तालिममा २५ जना शिक्षक तथा कर्मचारीहरुको सहभागिता थियो ।

यो गाउँपालिकाको धेरै विद्यालयहरुमा कम्प्युटर ल्याव भएपनि दक्षजनशक्तीको अभाव भएकोले यो तालिम सञ्चालन गरिएको शाखा सहायक प्राविधिक बद्री कार्कीले बताउनुभयो । तालिमको सहजिकरण छिन्ताङ माविका आईटी श्रोत शिक्षक असलमान राई,गाउँपालिकाका आईटी विकल्प कार्की,शाखाका मनोज पौडेलले गरेका थिए । तालिम समापन कार्यक्रममा पालिका अध्यक्ष मनोज राई, प्रमुख प्रसाशकीय अधिकृत नविन कार्की लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय