खाल्साथुम कप खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि थलथले फुटवल क्लव “ए” ले जितेको छ । खाल्साथुम छिन्ताङ युवा क्लवको आयोजनामा धनकुटाको शहिदभुमी गाउँपालिका २ प्वाँले डाँडा टाकुरेमा पौष ६ गते देखी सञ्चालित फुटवल प्रतियोगितको उपाधि थलथले फुटवल क्लव “ए” ले चुमेको हो । समय अभावको कारण फाईनल खेल खेलाउन नसकिएपछि सिक्का पल्टाएर खेलको नतिजा निकालिएकोमा थलथले फुटवल क्लव “ए” प्रथम र थलथले फुटवल क्लव “वी” दोश्रो भएका हुन् ।

प्रतियोगिताका विजयी प्रथम टिमले नगद ६० हजार ६ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ भने दोश्रो हुने टिमले नगद ३० हजार ३ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको प्रतियोगिता आयोजक क्लवका सह सचिव अनिष पुमा राईले जानकारी दिनुभयो । प्रतियोगिताको उत्कृष्ठ खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको छ ।

पुरस्कार साँझ सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै वितरण गरिएको थियो । पुरस्कार संघिय संसद राजेन्द्र राई , प्रदेश संसद निरन राई, गाउपालिका आध्यक्ष मनोज राई लगायतले प्रदान गर्नु भएको थियो । प्रतियोगितामा जम्मा २० टिमले सहभागिता जनाएका थिए । साँस्कृतीक कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकार राजेश पायल राईको वेजोड सांगितिक प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय