बैशाख ३,
धनकुटाकाे हिलेबजारमा १७ ओै काेशी प्रदेश अन्तरपालिका रामनवमी कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । रामनवमी पर्वकाे अवसरमा हिले भलिबल क्लवकाे आयाेजनामा सञ्चालित भलिबल प्रतियोगिता बैशाख ५ गते सम्म सञ्चालन हुनेछ । भलिबल प्रतियोगितामा काेशी प्रदेशका विभिन्न  ८ वटा  पालिकाकाे सहभागीता रहेको छ । १७ ओै  रामनवमी कप भलिबल प्रतियोगिता साेम्बार एक ओैपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले उदघाटन गर्नु भएको थियोे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तामाङ  र विशिष्ट अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई , विशेष अतिथि वडा अध्यक्ष ओङद तामाङ लगायत अतिथिहरुकाे उपस्थितिमा खेलाडी संग परिचय तथा बलहस्तान्तरण गर्दै उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियोे । पहिलाे  खेल दमक नगगरपलिका र आयाेजक हिले भलिबल क्लब बिच भएको थियोे ।  खेलमा दमक २५-१२, दमक २५-१५ दमक १७-२५ दमक २५-१९ दमक ३-१ ले आयाेजक हिले भलिबल क्लबलाई हराउदै दमकले जितेको हाे ।

यस्तै दाेस्राे खेल पाख्रीबासनगरपालिका र बराहनगरपालिका बिच भएको खेलमा पाख्रीबास २५-१३, पाख्रीबास २५-१९ पाख्रीबास २७-२५ बराहलाई ०- ३ ले हराउँदै पाख्रीबासले जितेको राष्ट्रिय रेफ्रि काेशी प्रदेश अध्यक्ष विनय राईले जानकारी दिनुभयाे । रामनवमी कप भलिबल प्रतियोगिताका प्रथम पुरस्कार नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र , दितिय नगद ७५ हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउने हिले भलिबल क्लबका अध्यक्ष सञ्जिव तितुङले जानकारी दिनु भएको छ  । मंगलबार आज  बेलबारीनगरपालिका  र महालक्ष्मी नगरपालिका , सडान्नद भाेजपुर र रङ्गगेलि माेरङ लगायत टिमकाे खेल सञ्चालन हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय