माघ १६ ,
मितेरी युवा क्लब सहिदभूमि गाउपालिका वडा नं १ छिन्ताङ्ग धनकुटाको आयोजनामा नवौं छिन्ताङ सहिदकप फुटबल प्रतियोगिता आईतवार  आजदेखि सुरु भएको छ । प्रतियोगिताकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउपालिका अध्यक्ष मनाेज राईले एक कार्यक्रमका विच   प्रतियोगिताकाे उदघाटन  गर्नु भएको हाे । फुटबल प्रतियोगितामा धनकुटा र भाेजपूर जिल्लाका विभिन्न पालिकाहरूका १६ टिमको सहभागीता रहेको क्लबका संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिनुभयो । खेल उदघाटन शस्त्रकाे पहिलो दिन  एक खेल सम्पन्न भएको  छ । आयाेजक मितेरी युवा क्लब र अजम्वरी युवा क्लब फेदी सागुरीगढी बिच भएको खेलमा २-१काे अन्तरले अजम्बरी युबा क्लब विजयी भएको छ । त्यस्तै गरि प्रतियोगिता उदघाटन कार्यक्रमकाे अवसरमा छिन्ताङ सहिदपरिवारका सदस्यहरु , प्रतियोगिता सञ्चालन गर्नका लागि सहयोग गर्ने विभिन्न सहयोग दाता ,क्लबका संस्थापक अध्यक्षहरूलाई अविर खदा दाेसल्ला र सम्मान पत्रले सम्मान गरिएको आयाेजक क्लबले जनाएको छ । फुटबल प्रतियोगिताकाे प्रथम पुरस्कार नगद १ लाख ट्रफी मेडल प्रमाणपत्र रहेको छ भने  खेलकाे दाेस्राे पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका संस्थापन अध्यक्ष कार्कीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष दुर्गा खड्काकाे अध्यक्षतामा  सञ्चालित प्रतियोगिता माघ २० गते सम्म सञ्चालन हुने छ । प्रतियोगिता उदघाटन कार्यक्रममा  गाउँपालिकाकाे विभिन्न वडाका वडा अध्यक्षहरू , समाजसेवी वुद्विजिवि , शिक्षक , खेलाडीहरूकाे उपस्थित रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय