माघ १७
मितेरी युवा क्लब सहिदभूमि गाउपालिका वडा नं १ छिन्ताङ्ग धनकुटा को आयोजनामा सञ्चालन भईरहेको नौव छिन्ताङ सहिदकप फुटबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ । सोमबार भएको पहिलो खेल सिद्ववावा सहिदभुमि वडा नं ७ साप्तिङटार र सरस्वती युवा क्लब सहिदभुमि वडा नं १ बिच भएको खेलमा ०(३ ले सरस्वती विजयी भएको छ । त्यस्तै गरि दोस्रो खेल टिटि (७ थलथले र सिजनशिल युवा क्लब सागुरीगढी ८ बिच भएको खेलमा ०(२ को अन्तरले टिटि थलथले विजयी भएको छ ।

यस्तै गरि तेस्रो खेल साम्वुगाउ स्पोटोङ क्लब सहिद भुमि २ र नाम्जे युवा क्लब बिच भएको खेलमा १(४ ले नाम्जे विजयी भएको संस्थापक अध्यक्ष भुपाल कार्कीले जानकारी दिनुभयो । त्यस्तै चौथो खेलमा माहाङ युवा क्लब सहिदभुमि ७ र धनकुटा नगरपालिका ९ मार्ग बिच भएको खेलमा ०(९ ले माहाङ विजयी भएकाछन् । आजको अन्तिम खेल तमोर फुटबल क्लब र नव युवा क्लब सहिदभुमि ७ बिचको खेलमा ०(२ ले तमोर विजयी भएकाछन् । प्रतियोगितामा प्रथमलाई पुरस्कार नगद १ लाख ट्रफी मेडल प्रमाणपत्र र खेलको दोस्रो पुरस्कार नगद ५० हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता माघ २० गते सम्म सञ्चालन हुने छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय