काठमाण्डौ
मरिसससँगको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबलमा नेपालले एक गोलको अग्रता लिएको छ । दशरथ रङ्गशालामा भइरहेको खेलको १० औँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाली टोलीलाई अग्रता दिलाए ।

यस्तै नेपाली किपर किरण चेम्जोङले पेनाल्टी प्रहार बचाएका छन् । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मरिससले पाएको पेनाल्टी किरणले रोकेका हुन् ।

नेपालले मरिसससँग दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि गएको शनिवार भएको खेल नेपालले एक–शून्यले जितेको थियो । नेपाललाई जिताउन दुई वर्षपछि टोलीमा फर्किएका विमल घर्तीमगरले गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय