फागुन ११ ,
चौविसे गाउँपालिकाको राजारानीमा मंगलवार सम्पन्न तेश्रो चौविसे रनिङ कप प्रतियोगीताको उपाधी पुरुष तर्फ राजारानी फुटवल क्लव र महिला तर्फ कुरुलेतेनुपा फुटवल क्लवले उपाधी चुमेको छ ।

चौविसे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा राजारानीमा सम्पन्न वडा स्तरिय प्रतियोगीताको फाईनल खेलमा पुरुष तर्फ वडा नं.६ राजारानीले वडा नं.८ वसन्तटारलाई सुन्यको विरुद्ध ८ गोल गर्दै प्रथम उपाधी चुम्जन सफल भएको हो । जितसंगै वडा नं.६ ले ६० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको हो । त्यसैगरी दोश्रो स्थान विजेता वसन्तटारले ४० हजार नगद सहित मेडल, प्रमाणपत्रले चित्त वुझायो ।
त्यसैगरी महिला तर्फ चौविसे गाउँपालिका वडा नं.३ कुरुलेतेनुपाले वडा नं.१, ६ नम्वर वुधवारेलाई सुन्यको विरुद्ध १ गोल गरेर प्रथम चौविसे रनिङ कप फूटवल प्रतियोगीताको प्रथम उपाधी चुम्न सफल भएको हो । जितसंगै कुरुलेतेनुपा महिला फुटवल क्लवले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ भने द्धितिय स्थान ल्याउन सफल हुने ६ नं.वुधवारे महिला फूटवल क्लवले नगद २० हजार मै चित्त वुझायो ।
पुरुष तर्फको प्रतियोगीतामा राजारानी फुटवल क्लवका जर्सी नं.१० का आशिष लिम्वुले ४ गोल, जर्सी नं.७ का किस्मत लिम्वुले २ गोल, जर्सी नं.११ का गीतल १ गोल र जर्सी नं.२ का चुवी लिम्वुले पेनाल्टी मार्फत १ गोल गरेर आफ्नो टिमलाई सुन्यको विरुद्ध ८ गोले गरेर विजयी वनाएका थिए । महिला तर्फको प्रतियोगीतामा कुरुलेतेनुपा फुटवल क्लवका सिता लिम्वुले १ गोले गरेर आफ्नो टिमलाई विजयी वनाएका थिए ।

रारा फुटवल क्लवको स्थानिय व्यवस्थापनमा सम्पन्न भएको प्रतियोगीता गएको फागुण ७ गते देखी चौविसेको राजारानीमा आयोजना गरिएको थियो । प्रतियोगीतामा विजयी खेलाडीहरुलाई प्रतियोगीताको प्रमुख अतिथि प्रदेश नं.१ प्रदेश सभा सदस्य निरन राई, विशेष अतिथि प्रदेश सभा सदस्य विना देवी राई, गाउँपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल, प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामा, खेलकुल विकास समिति चौविसेका उपाध्यक्ष धनवहादुर लिम्वु लगायतले नगद पुरस्कार, ट्रफी मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।
प्रतियोगीतामा चौविसे गाउँपालिकाको ८ वटै वडाबाट पुरुष र महिलाको छट्टा, छुट्टै टिमले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय