नेकपा एमाले सहिदभुमि गाउँपालिका वडा नं ५ वडा कमिटी खाेकुले २५ जना राजबन्धिहरुलाई सम्मान गरेको छ । आउने बैशाख ३० गते हुन गईरहेकाे स्थानीय तहकाे निर्वाचन प्रचारप्रसार तथा घरदैलो अभियानको क्रममा ८ वर्ष देखि ३ वर्ष सम्म २०३६ सालकाे किसान आन्दोलनको क्रममा राजबन्दि परेका २५ जनालाई सम्मानपत्र खदाले सम्मान गरेका थिए । साे कार्यक्रममा वडा नं ५ का प्रत्यासी वडाका उम्मेदवारहरुकाे परिचय सहित वडा अध्यक्ष उम्मेदवार बालचन्द्र राईले आफ्नो प्रतिवद्वता मनतव्य राख्नुभएको थियोे ।
त्यस्तै गरि पार्टीका जिल्ला ईन्चार्ज तथा संघीय संसद राजेन्द्र राई , पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश संसद ईन्द्रमणी पराजुली , पार्टीका जिल्ला सचिव तथा संसद निरन राईले कार्यक्रमलाई सम्बाेधन गर्नुहुदै नेकपा एमाले पार्टी बाट निर्वाचित जनप्रतिनिधिले गरेका काम तथा विकासकारण एमाले पार्टीको जनलहर बढिरहेको बताउनु हुदै यश हिसाबले पनि धनकुटामा गठबन्धनलाई परास्त गर्दै एमालेकाे जित सुनिश्चित भईसकेकाे बताउनुभयो । वर्तमान वडा अध्यक्ष मल्सुराम राईले पनि कार्यक्रममा बाेल्नु हुदै खाेकुमा विकास गर्न सफल भएको दाबी गर्नु भयो ।
Enter
Write to Radiolaligurash Dhankuta













