धनकुटा  असार ४ 
जिल्ला भलिवल संघ धनकुटाको १४ औं अधिवेशनले गौरव कार्कीको अध्यक्षतामा कार्य समिति चयन गरेको छ ।

संघको आज धनकुटामा सम्पन्न अधिवेशनले पुन:कार्कीकै अध्यक्षतामा १४ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेश पाण्डे र दिनेशराज सुवेदी,महासचिवमा रविन कुमार लिम्बु,कोषाध्यक्षमा अमृत राई रहेका छन् ।

सदस्यहरुमा राष्टमिला राई, जुनु राई,सुवन श्रेष्ठ,सुरज लिम्बु,पदम भट्टाई,सुविन राई,विशेश्वर तिमिल्सिना,यम पौडेल र झमक श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय