नेकपा एमाले धनकुटाले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारहरुलाई निर्वाचित गराउने जिल्लावासी मतदाताहरुलाई धन्यवाद् दिएको छ ।
सनिवार धनकुटामा पत्रकार सम्ेमलन गर्दै एमालेले पार्टीलाई जीत दिलाउन अहोरात्र खट्ने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक,शुभचिन्तक तथा समर्थकहरुलाई धन्यवाद दिएको हो । निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, सम्वद्ध कार्यालयहरु, पर्यवेक्षक, स्वयमसेवक र संचारकर्मीहरुलाई पनि धन्यवाद दिएको छ ।
पत्रकार सम्मेलनमा बेल्दै नवनिर्वाचित राजेन्द्र राईले आफु निर्वाचनको क्रममा भोट माग्न जिल्लावासीको घरघर पुग्दा वाँदर आतंकले सताएको जनगुनासो जनस्तरवाट आएकोले वाँदर आतंक नियन्त्रण गर्न आफ्नो तर्फबाट पहल गर्ने बताएका छन् । जिल्लाको अधिकांश गाउँमा वाँदर आतंकले किसान प्रताडित भएको भन्ने धेरेैको जनगुनासो आएकाले बाँदर नियन्त्रणको लागि विशेष योजना वनाएर अघि वढ्ने राईले बताए ।

राईले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई भने–‘कानुन् बनाएर बाँदरलाई नियन्त्रण गर्ने कार्यक्रम बनाउनु होस ।’ उनले आफु दोश्रो पटक धनकुटाबाट प्रतिनिधिसभाको लागि निर्वाचित भएकाले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा विशेष पहल गर्ने वताएका छन् ।
उनले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई हिलेको सडक चौडा पारे जस्तै धनकुटा वजारको सडक पनि चौडा गर्न आवश्याक पहल गर्न निर्देशन दिए । विकास भनेको सडकले दिने भएकाले धनकुटा वजारमा विकासको अनुभूति दिलाउने गरि सडक चौडा बनाउन आवश्याक योजना बनाउन धनकुटा नगर प्रमुख चिन्तन तामाङलाई निर्देशन दिए ।


पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीको अन्त्यमा भनिएको छ–‘सम्पुर्ण जिल्लावासीहरुको न्यानो माया, साथ सहयोगमा धनकुटाको विकास र समृद्धि, जनताको सुःख र सम्पन्नताको लागि दृढतापुर्वक उभिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ नेकपा एमाले धनकुटाका अध्यक्ष एवं प्रदेस सभा सदस्यमा नवनिर्वाचित इन्द्रमणी पराजुलीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नवनिर्वाचित निर्वाचन क्षेत्र क प्रदेश सभा सदस्य निरन राई, केन्द्रिय सदस्य तथा धनकुटा सह–इन्चार्ज शकुन्तला वस्नेत, समानुपातिक उम्मेदवारद्धय मनकुमारी तितुङ ‘तारा’, शिव आङ्गला, जिल्ला उपाध्यक्ष चिन्तन तामाङ, प्रचार विभाग प्रमुख सावित्रा राई, एमाले नेता उज्वल किराँती लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय