एमाले छथरजोरपाटी गाउँ कमिटी धनकुटाको विजयी र्यालि तथा धन्यवाद सभा सम्पन्न ,
नेकपा एमाले छथरजोरपाटी गाउँ कमिटी धनकुटाले विजयी र्यालि तथा मतदातालाई धन्यवाद सभा सम्पन्न गरेको छ । निर्वाचन परिचालन कमिटी,छथरजोरपाटी धनकुटाको आयोजना सम्पन्न भएको हो ।

साभा बोल्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई ,क्षेत्र नं २ का प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले बिजयी गराईदिनु भएकोमा मतदाताहरुलाई धन्यवाद दिदै हामी हाम्रो प्रतिबद्धता पूरा गर्न सधैं तपाईंहरुको साथमा रहने बताएकाछन् ।

पार्टीका जिल्ला उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटी धनकुटाको संयोजक चिन्तन तामाङ, निर्वाचन क्षेत्र नं क का प्रदेश सभा सदस्य निरन राई ,समानुपातिक उम्मेदवारहरु शिव आङ्ला , तारा तितुङ , प्रदेश, जिल्ला र पालिकास्तरीय नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय