धनकुटा बाट नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरू मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुगिरहेकाछन् । बुधबार सहिदभुमि गाउँपालिकाको ५ ,४ वडा र पालिकाको पिप्ले बजारमा आयोजना गरिएको धन्यवाद सभामा नवनिर्वाचित जनप्रतिनिधिहरु मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचित राजेन्द्र कुमार राई , प्रदेश सभा निर्वाचन क्षेत्र नं क  बाट निर्वाचित निरन राई , प्रदेश सभा निर्वाचन क्षेत्र नं ख बाट निर्वाचित ईन्द्रमणी पराजुलीले मतदातालाई धन्यवाद दिदै चुनावको समयमा आफूहरूले गरेको बाचा पूरा गर्ने बताएकाछन् ।

सडक पूर्वाधार क्षेत्रमा, शिक्षा, स्वास्थ्य कृषि, खानेपानीको क्षेत्रमा विकास गर्ने बताए । साथै आफुहरुलाई आत्याधिक मतसहित विजय बनाएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

 

यस्तै नेकपा एमाले पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य गणेश राई , पार्टीका जिल्ला उपाध्यक्ष निर्वाचन परिचालन कमिटी धनकुटाका संयोज चिन्तन तामाङले सम्पूर्ण मतदातालाई धन्यवाद दिदै निर्वाचित जनप्रतिनिधिहरुले जनताको चाहनाअनुसार विकासका काम गर्ने बताएका थिए । धन्यवाद सभामा पार्टीका उपसचिव सुस्मा किराँती , समानुपातिक उम्मेदवार तारा तितुङ , पार्टीका स्कुल विभाग प्रमुख मनोज राई लगायत प्रदेश ,जिल्ला र पालिका ,वडा स्तरीय नेताहरूको सहभागीता थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय