धनकुटा ,
कृषि, पर्यटन र व्यपारको राम्रो सम्भावाना बोकेको धनकुटमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव आयोजना हुने भएको छ ।

“कृषि, पर्यटन, स्वास्थ्य,शिक्षा,स्वरोजगार,उद्योग र व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार”भन्ने मुल नारा सहित धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा महोत्सवको आयोजना गर्न लागेको हो । माघ ६ गतेदेखि १६ गतेसम्म आयोजना हुने महोत्सवमा एनटिआईएसमा समावेश भएका कृषिजन्य र अन्य वस्तुहरुको उत्पादन गरि प्रचार प्रसार गरि बजारीकरण र निर्यातमा प्रबद्र्धन गर्ने उद्येश्यले महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताउनुभयो ।

१ नम्वर प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ मा स्थानीय उद्योगहरुले र बहुराष्टिय कम्पनी तथा उद्योगहरुले उत्पादन गरेका समाग्रीहरु,हस्तकलाका समाग्रीहरु,कृषि तथा पशुजन्य वस्तुहरु र समाग्रीहरु फलफुलहरु प्रर्दशनीमा राखिने र स्थानीय देखी राष्टिय स्तरका कलाकारहरुले गित संगित प्रस्तुत गर्ने आयेजकले जनाएको छ । जातिय भेष भुषा तथा झाकीहरु प्रर्दशन गरिने र जातिय परिकार तथा नेपाली खानका परिकारहरु समेत राखिने आयोजकको भनाई छ । महात्सवमा करिव १ लाख आन्तरीक एव. बाह्य पर्यटक भित्रिने र ५ करोड भन्दा बढिको कारोवार गर्ने लक्ष्य आयोजकको छ । प्रर्दशनका लागी १सय५० वटा स्टलहरु रहने र साथमा बालबालिकाहरुका लागी रमाईले बाल उद्यान समेत रहने महोत्सव प्रचार प्रसार समितिका संयोजक श्रीराम रायमाझीले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय