धनकुटा
मानव अधिकारको संरक्षण र अनुगमन अभिलेखिकरणको आवश्यकता रहेको एक कार्यक्रमका बक्ताहरुले बताएकाछन ।
मनाव अधिकार मञ्च नेपाल इलामले आज धनकुटामा आयोजना गरेको कार्यक्रमका बक्ताहरुले यस्तो बताएकाहुन ।

उनीहरुले मानव अधिकारको क्षेत्रमाकाम गर्ने संघसस्थाहरुले कुनै पनि राजनितिकदलको छत्रछाया भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिएकाछन । कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले मानव अधिकारको क्षेत्रमाकाम गर्ने सस्थाहरुलाई स्थानीय स्तर सम्म पुगेर आम नागरीकको मानव अधिकारको क्षेत्र का सवालमा काम गर्नुपर्ने जनाएकाहुन । विकासमा सहभागिता , सामाजिक क्षेत्रका सवालहरु र जेष्ठ नागरीकका अधिकारका कुरामा समेत राज्यलाई घचघच्याउनु पर्नेमा उनीहरुले जोड दिएकाथिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई , नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई आयोजक सस्थाका कार्यकारी निर्देशक देवेन्द्र कुमार विश्वकर्मा,जिल्लामा क्रियाशिल मानव अधिकार सम्बन्धि काम गर्ने सस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय