रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका(५ मणिग्राममा आज भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका(६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका(२ का २६ वर्षीय वृजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४७ प ३६१४ नम्बर मोटरसाइकल आज बिहान पौने २ बजे दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय